नेकपा पार्टी निति र विधानमा चल्नु पर्छ भन्दै सिन्धुलीमा युवाहरुको बाइक र्‍याली!

22.11K
shares

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्ववियूले सिन्धुलीमा विशाल बाइक र्‍याली निकाले छन् । निति र विधानप्रधान पार्टी निर्माणमा सिर्जनात्मक दबाब कार्यक्रम लेखिएको ब्यानर सहित शनिबार सिन्धुलीमा नेकपा निकट भातृसंगठनले बाइक र्याली निकालेका हुन् । झन्डै ३ सय भन्दा धेरै बाइकहरु लिएर ६ सय युवाहरूले सडकमा उत्रिएको अनेरास्ववियू केन्द्रिय सदस्य उतम पहाडीले बताए । सयौंको संख्यामा रहेका युवाहरुले बाईक र स्कुटर र्याली निकालेका हुन् ।

विधि र पद्धतिमा पार्टी संचालन गर, एमसीसी खारेज गर, भ्रष्टचार र कालावजारी नियन्त्रण गर, नेकपा जिन्दवाद, पार्टी एकता जिन्दवाद भन्ने नारा सहित बजार परिक्रमा गरी सिन्धुली नेकपा पार्टी कार्यालयमा युवाहरुले नेतृत्वलाई ज्ञापनपत्र बुझाएको नेता पहाडीले जानकारी गराएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083