लकडाउन कारणले विश्वकै ठूलो रेडलाईट एरियामा, यौनकर्मीहरु आमदानी बिहीन

13.7K
shares

एजेन्सी । नेदरल्याण्डको एम्सटारडममा रहेको ठूलो रेडलाईट एरियामा यौन व्यवशाय गरेर जीविकोपार्जन गर्ने महिलाहरु आमदानी विहिन हुन पुगेका छन् ।

मध्यमार्चदेखि लकडाउनका कारण रेडलाईट क्षेत्रहरु भूत शहरमा परिणत भएका छन् । सयौं महिलाहरु विना कुनै आमदानी जीवन गुजाराको संकटमा परेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

डि वालेन लगायतका ऐतिहासिक यौन सुविधा सहितका पर्यटकीय क्षेत्रहरुमा महिनामा दश लाख बढी पर्यटकहरु आउने गर्दथे । तर अहिले ती शहरहरु सुनसान रहेको देखिएको छ ।

लकडाउन शुरु भएर व्यवशाय चौपट भए पछि पूर्वी युरोपका धेरै यौनकर्मी महिलाहरु घर फर्किएको सिएनएनले जनाएको छ । त्याहाँको सरकारले यौन कर्मी महिलाहरुलाई मासिक १२ सय डलर अनुदान सहायता दिए पनि त्यसले जीवन धान्न धौ धौ परेको पीडा उनीहरुले सुनाएका छन् ।

लकडाउनका कारण संसारभर लाखौँ यौनकर्मी महिलाहरुको जीवन कठिन बनेको यस अघि पनि अध्ययनहरुले देखाएका छन् । !