खासाको केरुङ च्छो ताल फुट्ने खतरा : भोटेकोशी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन

13.52K
shares

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी किनारमा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ ।

अत्याधिक वर्षाका कारण चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो ताल फूट्ने सम्भावना भएकाले नदी किनारका स्थानीयलाई अन्यन्त्रै सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

चीनले उक्त ताल फुट्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

ताल फुटेमा भोटेकोशीमा आकस्मिक पानीको बहाब अत्याधिक बढ्ने भएकाले विशेषगरी भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायतका स्थानीय तहरुको बस्ती बगाउने र ठूलो क्षति पुर्याउने सम्भावना रहेको प्रशासनले जनाएको छ ।

खासा क्षेत्रमा रहेको केरुङ च्छो तालमा अविरल वर्षाको कारण पानी भरिएर फुट्न सक्ने सम्भावना रहेकाले सरक्षित स्थानमा सार्न निर्देशन दिएको हो ।