सप्तकोशीमा पानीको बहाव उच्च भएपछि ४८ वटा ढोका खोलियो

12.88K
shares

सप्तकोशी नदीमा आएको बाढीले खतराको तह पार गरेको कोशी कन्ट्रोल रुमले जनाएको छ। मंगलबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको कन्ट्रोल रुमले जनाएको हो। उक्त बहाव यो वर्षकै उच्च हो।

त्यहाँ ड्युटीमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीका अनुसार पानीको बहाव बढेपछि ५६ वटा ढोकामध्ये ४६ वटा ढोका खोलिएका छन्।

साेमबार राति १ बजेको मापन अनुसार २ लाख ९१ हजार क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको थियो। राति १२:२१ बजेको मापनमा २ लाख ८४ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083