के भारतको फिल्म क्षेत्र खुलेपछि मात्र हाम्रो खुल्ने हो : पूजा शर्मा
वि.सं.२०७७ साउन ७ बुधवार १२:०४
shares

सरकारले मंगलबार राती १२ बजेबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्र भने खुलेका छैनन् । चलचित्र क्षेत्रको बिषयमा अहिलेसम्म कुनै पनि निर्णय भएको छैन ।
अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् ।
नायिका पूजा शर्माले भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालको चलचित्र क्षेत्र खोल्नुपर्ने हो भनेर प्रश्न गरेकी छिन् ।
उनले फेसबुकमा लेख्छिन् :
चलचित्र क्षेत्र चलायमान गर्न हामी कति गम्भिर छौ ?
वजार खुलिसके,यातायात खुलिसके,सरकारले एक प्रकारले लकडाउनको अन्त्यको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व बर्ग अव चलचित्र क्षेत्र सुचारू गर्ने तत्परता तर्फ अग्रसर देखिएका छन्।के भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नु पर्ने हो ? के हामी नेपाली चलचित्रको छुट्टै अस्तित्व छैन ? नेपाली चलचित्रले के हामी चलायमान हुन सक्दैन यो गम्भिर प्रश्न हो । आऔ छलफल बहस गरौ सरकारलाई दवाव दिउ र कोरोना कहरबाट सुरक्षित रहने व्यवस्था सहित चलचित्र क्षेत्रलाई चलायमान वनाऔ ।






























