१० लाख लुट्ने एसएसपीका दुई घुमुवा प्रहरी जेल चलान

10.48K
shares

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीको घुमुवा धिरेन विष्ट र जवान विक्रम चन्दलाई कारागार चलान गरेकाे छ।

चन्द महाराजगञ्ज स्थित गण नम्बर–२ मा कार्यरत छन् । विष्ट महानगरीय प्रहरी परिसर काठमाडौंको सादा पोशाकमा खटिने प्रहरी हुन् ।

सादा पोशाकमा काठमाडौंका एसएसपीलेआफ्ना विश्वासपात्रलाई मात्र खटाउँछन् । एसएसपी ज्ञवालीका उनै पात्र कारागार चलान भएका हुन्।

उनीहरूसमेत अन्य दुई जनालाई पनि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ। हाल केन्द्रीय कारगार सुन्धारामा थुनामा पठाइएका अन्य बन्दीहरुमा सम्वृद्ध सहकारी न्यूरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सो सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारी रहेका छन्।

उनीहरुविरुद्ध प्रहरीले गएको असार १० गते काठमाडौंको न्युरोडस्थित एक क्यामरा पसलका व्यापारी विकास अग्रवालको १० लाख रुपैयाँ लुटपाटमा संलग्न रहेको आरोप लगाएको छ। उनीहरुलाई अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाइएको हो।

घुमुवा प्रहरीद्वय बिस्ट र चन्दलाई रकम लुटपाट गरेको आरोप लगाइएको छ भने सम्वृद्ध सहकारी न्यूरोडका कार्यरत क्यासियर रेणु श्रेष्ठ र सो सहकारीका पूर्वकर्मचारी सौरभ अधिकारीलाई क्यामरा ब्यापारी अग्रवालका बारेमा सुचना दिएर सुराकी गरेको आरोप लगाइएको थियो।

सहकारीमा कार्यरत क्यासियर रेणुले दिएको सुराकीको आधारमा हवल्दार विष्ट, जवान चन्द र सौरभले सोही सहकारीबाट निकालेको १७ लाख मध्ये १० लाख रुपैयाँ लुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083