अभिनेता राजेश हमालका भाई राकेशको निधन
वि.सं.२०७७ साउन ७ बुधवार १६:१२
9.76K
shares
shares

अभिनेता राजेश हमाललाई शोक परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा निधन भएको जानकारी प्राप्त भएको छ ।
कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्याइएको थियो । राकेशका श्रीमती र दुई छोराछोरी छन् ।
राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् । राजेश अहिले काठमाडौंमा नै छन् ।






























