धादिङकी २१ वर्षीया रेणुका कोइरालाकाे मृत्यु
वि.सं.२०७७ साउन १२ सोमवार २१:४९
12.3K
shares
shares

साईप्रसमा एक नेपाली युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ घर भएकी २१ वर्षीया रेणुका कोइराला रहेकी छिन् ।
उनको २६ जुलाईको राति दुर्घटनामा परी मृत्यु भएको हो । अफिसबाट डेरातिर आउने क्रममा उनी दुर्घटनामा परेकी हुन् ।
दुर्घटनामा परे लगत्तै उनलाई निकोसीया अस्पताल लगिएकोमा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु भएको बारे स्थानीय प्रहरीले पुष्टि गरेको निकोसीयाबाट संचारकर्मी समिम मियाल बताए ।
रेणुकालाई पिकअप गरेर आउने चालक र मोटरसाइकल त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
रेणुका गत जनवरीमा विद्यार्थी भिसामा साईप्रस गएकी थिइन् ।















