कार्की र शाही एआईजीमा बढुवा
वि.सं.२०७७ साउन १२ सोमवार २२:००
8.32K
shares
shares

सरकारले नेपाल प्रहरीका डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।
मन्त्रिपरिषद् बैठकले रेडियो नेपालका महाप्रबन्धकमा बुद्धिकुमार कार्कीलाई नियुक्त गरेको छ भने, सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ ।
सरकारले रमेश कुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा र उपाध्यक्षमा शिव कोइराला ‘ज्वाला’लाई नियुक्त गर्ने निर्णय गरेको ती मन्त्रीले बताए ।















