फेरि बढ्यो सुनको भाउ, हेर्नुस् कति छ आज ?

17.12K
shares

काठमाडौँ । सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा छ। बुधबार पनि सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय ६० रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूख्य तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083