बालुवाटारमा प्रदर्शनकारीमाथि प्रहरीको दमन, विधार्थी नेता थापासहितका युवाहरु पक्राउ

9.62K
shares

काठमाडौ । कोरोना भाइरस संक्रमणको व्यवस्थापनको माग राख्दै प्रधानमन्त्री निवास बालुवाटार पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ।

इनफ इज इनफ अभियानमार्फत बालुवाटार क्षेत्रमा पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको एक अभियानकरता पुकार बमले बताए।

उनले प्रदर्शनमा जादा–जादै बाटोबाटनै प्रहरीले रन्जु दर्शना, आलोक सुवेदी, शशीबिक्रम कार्की, वृतान्त खनाल, सुदन गुरुङ लगायतलाई प्रहरीले पक्राउ गरिएको जानकारी दिए।

यस्तै आन्दोलनमा ऐक्यवद्धता जनाउँन पुगेका विधार्थी नेता हेमराज थापालाई पनि प्रहरीले पक्राउ गरेको छ।

इनफ इज इनफ अभियानमार्फत युवाहरुले कोरोना भाइरसको व्यवस्थापनको माग राख्दै विगत १२ दिनदेखि बसन्तपुरमा अनसनसमेत गरिरहेका छन।


divya collage
unigloble collage