ओलीसँग मिलेर अघि बढ्न प्रचण्डलाई दबाब

5.9K
shares

नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न दबाब दिएका छन् ।दुई अध्यक्षबीच विगत केही समयदेखि सम्बन्ध चिसिँदै आएको छ ।

अध्यक्ष प्रचण्डले आफू निकट असन्तुष्ट नेताहरुसँग गरेको छलफलमा ती नेताहरुसँग गरेको छलफलमा ती नेताहरुले पार्टी एकता जोगाउन अध्यक्ष ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् ।

उनीहरुले दुई अध्यक्षबीचको एकताले नै पार्टी मजबुत हुने भन्दै सोहीअनुसार अघि बढ्न सुझाव अध्यक्ष प्रचण्डलाई सुझाएका हुन् ।

आफ्नै नेताहरुबाट दबाबमा परेका अध्यक्ष प्रचण्डले पनि आफू पार्टी एकता जोगाउन लचिलो बनिरहेको बताउँदै पार्टी एकताको रक्षा गरिने जनाएका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा सुभाष साहले लेखेका छन


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083