भूमि आयोगलाई काम अघि बढाउन मन्त्री अर्यालको निर्देशन

6.34K
shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् ।

आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगको कामको प्रगतिबारे जानकारी लिएपछि आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी छिन् ।

“जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्”, मन्त्री अर्यालले भनिन्, “यो काम छिटो अगाडि बढाउनुपर्छ, तपाईंहरु त्यसमा लाग्नुस् ।

देशभरका भूमिहीन तथा सुकुम्वासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिइन् ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्न आग्रह गरे ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083