एकतप्पा सेवा समाजबाट क्यानसर पीडित टिका बुढाथोकिलाई ५० हजार सहयोग!

15.47K
shares

इलाम । २० साउन/ इलामको फाकफोकथुम गा.पा.-७ एकतप्पाको रुपटार निवासि टिका बुढाथोकीलाइ एकतप्पा सेवा समाज, झापाले उपचारको निम्ती सहयोगको लागी ५० हजार सहयोग गरेको छ । समाजले झापामा बसोबास गर्ने एकतप्पा बासिहरुबाट रकम संकलन गरि ४० बर्सिय टिकाको उपचारको निम्ति समाजका अध्यक्ष डबल लिम्बु सहितको नेतृत्वमा अन्य पदाधिकारी एवं सदस्यको उपस्थितिमा पिडित टिकाको श्रीमान गुमानसिङ बुडाथोकिलाइ अस्पतालमा पुगेर सहयोग रकम हस्तान्तरण गरेको समितिका सचिव गंगा गोदार थापाले बताएका हुन्  ।

पुर्बाञ्चल क्यान्सर अस्पताल, विर्तामोड झापामा उपचार गराइरहेको टिका बुढाथोकीको मुखमा भएको थियो ।बुडाथोकिको मुखको क्यान्सरको सफल अप्रेसन भैइ हाल उपचारको क्रममा रहेको छिन । विरामि वुढाथोकिको आर्थिक अवस्था ज्यादै कमजोर रहेकोले उपचारको निम्ति सहयोग गरिएको एकतप्पा सेवा समाजले बताएको छ । यो भन्दा पहिला एकतप्पाकै क्यान्सर पिडित विरबहादुर श्रेष्ठलाई समेत समाजले ५० हजार सहयोग गरेको थियो ।

यस्तै सनिअर्जुन नगरपालिका बस्दै आएको स्व.पंच बहादुर धमलाको परिवार समेत समाजले नगद तथा खाद्यान्न गरि ८ हजार सहयोग गरेको छ । धमला पाचथरको पौसासारतप बाट एकतप्पा बसाइ सरि आएर केहि बर्ष असि अघिल्लो बर्ष झापा झरेका थिए । धमलाको ५१ बर्षको उमेरमा श्रावण १४ गते मृत्यु भएको थियो । निजको एक श्रीमती, ४ छोरी र ३ छोरा रहेका छ्न भने आर्थिक अवस्था ज्यादै कमजोर रहेको छ ।

इलाम फाकफोकथुम-६ र ७ एकतप्पाबाट झापामा रहेर विभिन्न पेसा ब्यवासायिमा आबद्द भएरकाहरुले सामाजिक सेवा एवं गाउँको विकास र प्रबर्द्धन गर्नको लागी एकतप्पा सेवा समाज झापा गठन गरिएको थियो । हाल समाज सामाजिक काम एवं एकतप्पा घाटक रोग्को विरामिलाइ स्वास्थ्य उपचारको लागी सहयोग गर्दै आएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083