निर्मलाको हत्यारा खोज्दै अर्को प्रहरी टोली
वि.सं.२०७७ साउन २८ बुधवार १०:३४
6.7K
shares
shares

सीआईबीको एउटा टोली कञ्चनपुर पुगेको छ ।
निर्मला पन्तको हत्याकाण्ड अनुसन्धान र हत्यारा पत्ता लगाउन उक्त टोली अहोरात्र खटिएको बताइएको छ ।
प्रहरी उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा आठ जनाको टोली परिचालित भएको हो ।
स्रोतका अनुसार पहिले पनि बाखुको टोलीले उक्त काण्डको अनुसन्धान गरेको थियो ।
सीआईबीमा बाखु बलात्कारपछिको हत्यासम्बन्धी अनुसन्धानमा राम्रो दखल राख्ने अनुसन्धान अधिकृतको रूपमा परिचित छन् ।
यतिखेर सुदूर पश्चिम प्रहरीको जिम्मेवारी डिआईजी उत्तम सुवेदीले सम्हालेका छन् ।
उनले नयाँ प्रहरी महानिरीक्षक सैलेश थापालाई बधाई दिन एक महिनाअघि काठमाडौं आउँदा उक्त हत्याकाण्डलाई नयाँ शीराबाट अनुसन्धान गर्ने बताएका थिए ।जनआस्था































