ओली–प्रचण्ड छलफल समाधानतिर

5.32K
shares

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नाै दिनपछि भएको छलफल सकिएको छ। दुई अध्यक्षबीच केहि दिनको अन्तरालपछि भएको छलफल सकारात्मक रुपमा अघि बढेको बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत बुधबार एपी वन टेलिभिजनको टकशोमा आफूहरुले पाँच दिनभित्रै विवाद सुल्झाउने दाबी गरेका थिए।

‘आज समाधान उन्मुख छलफल भएको छ,’ प्रचण्ड निकट एक नेताले भने, ‘थप छलफल जारी राख्ने सहमति पनि भएको छ।’ प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पौने ११ बजेबाट सुरु भएको सो छलफल साढे दुई बजे सकिएको थियो। दुई अध्यक्षसहित नेकपाका दुई खेमाबीचको विवाद सुल्झाउने सम्बन्धमा नेताहरु सहमतिनजिक पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्षबीच छलफल भएको हो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083