सुन पसलबाट साढे ४ लाखका गहना ठगी गर्ने महिला पक्राउ
वि.सं.२०७७ साउन २९ बिहीवार १६:४५
9.63K
shares
shares

सुन पसलबाट विभिन्न बहानामा झण्डै साढे चार लाखका गरगहना ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको शान्तिनगर–६ घर भई हाल काठमाडौंको नयाँ वानेश्वर बस्ने वर्ष २९ कि शारदा मगर रहेकी छन्। प्रहरीका अनुसार मगरले चार लाख ३६ हजार रकम बराबरको सुनका गरगहनाहरु विभिन्न बहाना बनाई झुक्याई ठगी गरेकी थिइन्।
उनले ठगी गरेका गहनाहरुमा सुनको सिक्री डेढ तोला थान १, सुनको लकेट ५४ लालको थान १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान १, हिराको औँठी थान १, र सुनको औँठी ३५ लालको थान १ रहेका छन्।
अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले मगरलाई ज्ञानेश्वरबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको जनाएको छ।






























