पीपीइभित्र मात्र भित्रीवस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स को हुन ?

7.54K
shares

पीपीइभित्र मात्र भित्रीवस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स को हुन ?

रुसको एक अस्पतालमा पारदर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर बिरामीको उपचार गर्ने नर्स नादिया जुकोभा फेरि चर्चामा आएकी छिन् । उनी अब एक टेलिभिजनमा समाचारवाचिका बनेकी छिन्। डेलीमेलको रिपोर्टअनुसार नादियालाई मस्कोको दक्षिणमा रहेको तुला नामको शहरमा स्थानीय च्यानलले समाचारवाचिका बनाएको हो । तत्कालको लागि नादियाले त्यो टेलिभिजनमा मौसमसम्बन्धी समाचार सुनाउनेछिन्।

समाचारवाचिका भए पनि उनले नर्सको रुपमा समेत आफ्नो काम जारी राख्नेछिन् । यसअघि नादियालाई रुसको एक खेलकुदसम्बन्धी कपडाको ब्राण्डले मोडलको अफर दिएको थियो तर उनले त्यो अफर अस्वीकार गरेकी थिइन्। टिभीमा आफ्नो भूमिकालाई लिएर नादियाले यो आफ्नो लागि ठूलो कुरा भएको बताइन् । यो अवसर दिएकोमा उनले च्यानललाई धन्यवाद दिइन्।

यसअघि रादर्शी पीपीइभित्र भित्री वस्त्र मात्र लगाएर ड्यटी गरेको भन्दै उनको निकै आलोचना भएको थियो । २३ वर्षकी नादियालाई अस्पतालले अनुचित ड्रेस कोडको आरोपमा जागिरबाटै निकालेको थियो। नादियालाई जागिरबाट निकालेपछि भने अस्पतालको पनि आलोचना भएको थियो ।

पछि नादियाले आफूले सोही अस्पतालमा जागिर फिर्ता पाएको बताएकी थिइन्। आफूले पारदर्शी गाउनभित्र भित्री वस्त्र मात्र लगाएको विषयमा नादियाले आफूलाई पीपीइ लगाएर लगातार काम गर्दा निकै गर्मी भएकोले भित्री वस्त्र मात्र लगाएको बताएकी थिइन् । उनले पीपीइ त्यति धेरै पारदर्शी भएकोप्रति आफूले ध्यान दिन नसकेको बताएकी थिइन्। स्रोत- डेलिमेल


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083