नेपालको राष्ट्रिय झण्डा जलाइएको गीत देशद्रोहीका गायक तामाङसहित ९ जना पक्राउ

17.42K
shares

काठमाडौँ । एउटा म्युजिक भिडिओको नाममा राष्ट्रिय झण्डा जलाउने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महासाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार गायक दोर्जे तामाङसहित हालसम्म ९ जनालाई पक्राउ गरिएको छ ।

Mangol Hop official नामक युट्युब च्यालनबाट युट्युबमा अपलोड गरिएको छ ।

https://youtu.be/THyGVAWzSx4 राष्ट्रियताको प्रतीक सम्पुर्ण नेपाली जनताको सम्मान रहेको राष्ट्रिय झण्डा जलाउने र समाजमा बिभेद फैलाउने खालको , “ बाहुन क्षेत्रि चोर हुन् “ भन्ने जस्ता शब्द प्रयोग गरिएको , सामाजिक सदभाव खलबलाउने कार्य गरिएको छ।

भिडिओ मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचिएको देखिन्छ।

जनजाती आदिवासीको इतिहास, उत्पिडन र नेपालको बर्ण ब्यवस्थालाई गीतमार्फत भन्न खोजेपनि राष्ट्रय झण्डा जलाउनु र जातिय सद्भाव बिग्राने शब्दहरु राख्नु आपत्तिजनक भएको धेरैले टिप्पणी गरिरहेका छन् ।

गीतमा भगवान गौतम बुद्ध, बाबा अम्बेडकर लगायतका फोटोहरु समेत प्रयोग भएको छ । त्यस्तै देशका शिर्ष नेता, पुर्वराजा, पृथ्वी नारायण शाह लगाएतको तस्बीर पनि प्रयोग भएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083