नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला शुरु

8.59K
shares

काठमाडौं । कार्यकाल सकिँनै लाग्दा नेपाल पत्रकार महासंघको राष्ट्रिय भेला शुरु भएको छ ।

२५ औं महाधिवेसनबाट निर्वाचित वर्तमान कार्य समितिको कार्यकाल यही भदौं ५ गते सकिँदैछ ।

पत्रकारहरुको पेशागत हकहितका क्रियाशील छाता संस्था नेपाल पत्रकार महासंघको २६ औं महाधिवेसनको तयारी स्वरुप राष्ट्रिय भेला भच्र्युअलमार्फत राष्ट्रिय भेला सुरु भएको हो ।

भेला अध्यक्ष गोविन्द आचार्यको सभापतित्वमा शुरु भएको छ ।

सो भेलामा जिल्ला अध्यक्षहरु, सल्लाहकारहरु, प्रदेश अध्यक्षहरु र केन्द्रिय समितिका सम्पूर्ण पदाधिकारीहरु सहभागी भएका छन् ।

भेलाले महासंघको २६ औं महाधिवेसनको मिति तय गर्नेछ भने जिल्ला र प्रदेश अधिवेसनको मिति तय गर्नेछ ।

भेलाको उदघाटन कार्यक्रम महासंघका महासचिव रमेश विष्टले कोरोनाको महामारीबाट चुनौतीका बीचमा महासंघले प्रविधीको माध्यम बनाएर भेला आयोजना गरिएको बताए ।

उनले कोरोना संक्रमणबाट झण्डै ३० जना पत्रकारहरु प्रभावित भएको जानकारी दिए ।

यसअघि मंगलबार बसेको उपलब्ध केन्द्रिय समितिको बैठकले भेलामा पेश गर्ने कार्यसुची पारित गरेको थियो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083