पोखरामा इब्रु तिम्तिकको सम्झनामा दीप प्रज्वलन: सडक खाल्डाखुल्डी पुरेर सम्मान व्यक्त!

9.91K
shares

पोखरा । टर्कीका उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भए पछि पोखरामा उनको सम्झनामा दीप – प्रज्वलन गरी खाल्डाखुल्डी सडक पुरी उनको सम्मान प्रकट गरिएको छ।

इब्रुलाई टर्किेस फासिवादी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनलाई टर्किस सत्ताले प्रतिबन्धित पार्टी रेभ्युल्सनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो । टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोक हडताल आएका थिए । यो वर्ष मात्रै चर्चित जनगायिका हेलिन बोलेक लगायत चारजनाले सहादत प्राप्त गरिसकेका छन् ।

पोखरामा टर्केली जनताको न्याय, समानता र परिवर्तनको पक्षमा सञ्चालित अभियानको पक्षमा ऐक्यवद्धता जनाउँदै युवा नेता त्रिभुवन पौडेल, अनेरास्ववियूका नेता क्षितिज सापकोटा लगायत कार्यक्रममा उपस्थित बिशाल तमाङ, सन्जय जैसि, प्रमिस नेताहरूले इब्रु तिम्तिकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इबु्र तिम्तिकलाई टर्कीको सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको हो । परिवर्तन, न्याय र समताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिवन्धित गरेर आतंकवादी करार गरेको हो ।

तिमिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो कारावासको सजायँ सुनाइएको हो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखी स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल शुरु गरेकी हुन् ।

लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछी बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा हस्पिटल भर्ना गरेको भए पनी आफ्ना माग पुरा नभए पछि औषधी उपचार लिन इन्कार गरी अगष्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरेकी हुन् ।

टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै चारजनाले शाहदत वरण गरेका छन् ।