कोरोना परीक्षणको रिपोर्टमा त्रुटि हुँदा कोरियाली विमानस्थलमा ३९ जना नेपाली रोकिए!

7.94K
shares

काठमाडौ । कोरोना परीक्षणको रिपोर्टमा त्रुटि हुँदा कोरियाको सिओलस्थित विमानस्थलमा ३९ जना नेपाली रोकिएका छन्। शुक्रबार कोरियन एयरको केई –६९५ को उडानबाट नेपाल फर्किनका लागि उनीहरु विमानस्थलमा पुगेका थिए। तर, तीमध्ये ३४ जना कोरोना परीक्षणको रिपोर्टमा भएको त्रुटि, ४ जना अध्यागमन र १ जना उच्च तापक्रमका कारण रोकिएका थिए।

नेपाल फर्किनका लागि २३८ जना विमानस्थलमा पुगे पनि ३९ जना त्यही रोकिएको कोरियास्थित नेपाली दूतावासले जनाएको छ।

शुक्रबार फर्कन नपाएका नेपालीलाई अब हुने उडानबाट नेपाल पठाउने तयारी भएको दूतावासले जनाएको छ।

यस विषयमा कोरियन एयरसँग अब सोही खर्चमा नेपाल पठाउने सहमति भएको छ।

उपयुक्त ढंगले पीसीआर रिपोर्ट नदिने स्वास्थ्य संस्थालाई एनआरएनका स्थानीय प्रतिनिधिले निशुल्क पुन पीसीआर गराउने व्यवस्था मिलाउन भनिएको पनि दूतावासले जनाएको छ।

नेपाल जान नपाएका यात्रुहरुलाई अर्को उडान नभइन्जेलसम्म खाने तथा बस्ने व्यवस्थापन गरिएको समेत दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ।


divya collage
unigloble collage