काठमाडौं उपत्यकामा थप ३५४ मा सङ्क्रमणको पुष्टि

4.84K
shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोभिड–१९ का ३५४ जना सङ्क्रमित थपिएका छन् ।

उपत्यकाका तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा ३५४ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

मन्त्रालयले दैनिक प्रेस ब्रिफिङको क्रममा काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जना सङ्क्रमित थपिएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको आरटीपीसीआर परीक्षण गरिएकाृे मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

यो सँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083