मुक्तिखबर समाचार प्रभाव : सई कुँवर मालिगाउँ वृतबाट आउट, कार्यालयमा आएकी युवती प्रेमीका भएको स्वीकार

वि.सं.२०७७ भदौ २३ मंगलवार १४:२७
shares

गणेश बिक काठमाडौँ । प्रहरी संगठनभित्र विवादित छवि बनाएका महानगरीय प्रहरी वृत मालिगाउँमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) अमरबहादुर कुँवर अनुसन्धानमा तानिएका छन् ।
महानगरीय प्रहरी वृत मालीगाउँमा सई कुँवरको यस्तो हर्कत, कार्यालयभित्रै मदिरादेखि युवतीसम्म
मुक्तिखबर डटकमले २०७७ भाद्र ०९ गते महानगरीय प्रहरी वृत मालीगाउँमा सई कुँवरको यस्तो हर्कत, कार्यालयभित्रै मदिरादेखि युवतीसम्म शिर्षकमा समाचार सार्वजनिक गरेको थियो ।
कुँवरले शक्तिको दुरुपयोग गर्दै संगठनको हितविरुद्ध र अनैतिक कार्य गरिरहेको समाचार कुँवरलाई जोडिएर समाचार सार्वजनिकपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएर छानविन प्रक्रिया अगाडि बढाएको थियो ।
छानविनमै रहेका सई कुँवरलाई मालिगाउँबाट प्रहरी प्रधान कार्यालयमा तानिएका छन् । सइ कुँवरले तल्लो तहका प्रहरी कर्मचारीसँग जोडिएका कामहरुबाट कमिसन खाने, दादागिरीदेखि कार्यालयमै रक्सी सेवन र युवती ल्याउने गरेको मुक्तिखबर डटकमले पहिलो पटक खुलासा गरेको थियो ।
प्रहरी स्रोतका अनुसार सई कुँवर अनुसन्धानको क्रममा दिउँसै कार्यालयमा आउने युवती आफ्नी प्रेमीका रहेको स्वीकार गरेका छन् ।
वृतमा भएको साेधपुछ र अनुसन्धान टोलीले बयान लिने क्रममा कुँवरले ती युवती आफ्नी प्रेमिका भएको स्वीकार गरेका हुन् ।
त्यसैगरी कुँवरले सरुवा र बढुवा भई अन्य कार्यालय जाने प्रहरी कर्मचारीहरुबाट रकम असुल गर्ने गरेका थिए ।
यसअघि २०७५ भदौतिर कुँवरविरुद्ध महानगरिय प्रहरी कार्यालय रानिपोखरी, परिसर टेकुमा पीडित कर्मचारीले उजुरी पनि दिएका थिए ।
त्यसपछि रानिपोखरीले कुँवरलाई कारवाही गरी नजिता पठाउन तत्कालिन कमलपोखरी वृतलाई आदेश दिएको थियो । त्यतिबेलका वृत प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) कुलदेव चन्दले कारवाही गर्नुको साटो बचाउ गरेका थिए ।
महानगरी प्रहरी कार्यालय रानिपोखरीको आदेशअनुसार कुँवरलाई कारवाही नभएपछि झन् मनोवल बढेको थियो ।
अन्य कर्मचारीका अनुसार त्यसपछि कुँवरको दादागिरीले सीमा नाघेको थियो ।
कुँवरले २०७७ साउन ३१ गते दिउँसो १ बजेतिर एउटा युवतीलाई आफ्नो कोठामा ल्याएका थिए । कार्यालयमा जडान गरिएको सीसी टिभी फुटेजमा उक्त दृश्य कैद भएको छ ।
कुँवर र युवतीले कार्यालयभित्रै उनको गोप्य कोठामा ५–६ घण्टा सँगै बिताएका थिए । त्योभन्दा पहिले पनि सई कुँवरले कार्यालयभित्र युवतीलाई ल्याएको अन्य कर्मचारीले थाहा पाएपछि हंगामा मच्चिएको थियो ।
तर, त्यतिबेल आफ्नी श्रीमती भन्ने जवाफ दिएका थिए । तर अहिले छानविन समितिलाई प्रेमिका भएको वयान दिएका छन् ।
दुई पटक आउने एउटै युवती भएको अन्य कर्मचारीले बताएका छन् ।
सई कुँवरले कार्यालयका सामानमा पनि आँखा लगाउने गरेका थिए ।
कमलपोखरीबाट वृत मालिगाउँ स्थान्त्रण हुँदा नयाँ कार्यालयको लागि भनेर खरिद गरिएका ५–६ स्टील र फलामका कुर्सीबीच बाटोबाटै ट्याक्सीमा राखेर आफ्नो कोठामा लगेका थिए ।
सई कुँवरमा अनुसन्धानको लागि ‘हेडक्वार्टर’ तानिएसँगै सास्ती भोग्दै आएका अन्य प्रहरी कर्मचारीहरु खुशी भएका छन् । तर घरमा परिवार सास्तीबाट मुक्त हुन्छन् वा हुँदैनन् ?