नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुग्याे
वि.सं.२०७७ भदौ २८ आइतवार १६:४०
7.53K
shares
shares

काठमाडौं। पछिल्लो २४ घन्टामा नेपालमा थप १०३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो संगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ५४ हजार १५९ जना पुगेको छ।
पछिल्लो २४ घन्टामा थप ११७३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसंगै नेपालमा हालसम्म ३८ हजार ६९७ उपचारपछि निको भएका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ छ। ९ हजार १६५ सय जनाको आज पिसिआर परीक्षण भएको छ।































