अनेरास्ववियू नेताहरूले फुड बैंक द्वारा सुकुम्बासी बस्तीमा खाद्यान्‍न सहयोग

12.69K
shares

काठमाडौं : ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔँ’ फुड बैंक, काठमाडौंले दैनिक सयभन्दा बढी संकटमय मजदुरलाई सहयोग गरिरहेको छ। यसैक्रममा फुड बैंकले काठमाडौंले आज आइतबार बानेश्वर, बागमती किनारमा रहेका सुकुम्वासी बस्तीमा खाद्यान्‍न सहयोग गरेको छ।

सुकुम्वासी बस्तीमा रहेका अशक्त, एकल महिला, श्रमिक करिब एक सय १० जनालाई बानेश्वर बहुमुखी क्याम्पसमा केन्द्रित गरेर सहयोग गरेको हो। प्रतिव्यक्ति पाँच केजी चामल, तेल, नुन, दाल, सोयाबिन फुड बैंकले वितरण गरेको हो।

कोरोनाले विश्‍व नै आक्रान्त बनिरहेको यस अवस्थामा नेपालमा पनि लकडाउन तथा निषेधाज्ञाले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने अवस्था संकटमय छ।
‘अहिले मजदुरी र ज्यालादारी गर्नेहरूको अवस्था नाजुक छ, सुकुम्बासी बस्तीको अवस्था झन् दयनीय छ, रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था नआओस् भनेरै सुकुम्बासी बस्तीमा सहयोग गरेका हौँ’ अभियन्ता सन्दीप लुइँटेलले बताए।
आइतबार सञ्चालित अभियानमा बानेश्वर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. घमानसिङ खड्का, अनेरास्ववियूका नेता ईन्द्र भुषाल, सुधेश पराजुलि, श्याम रोका दुतराज तामाङ, सन्जय काल्धन, प्रसुन कार्की , सागर केसी लगायत उपस्थित थिए।
उक्त अभियान भूमिराज अधिकारी, कृष्ण प्रशाद रिजाल, सन्दीप लुइँटेल, पूजा खुसी, दीपा जैशि, शासन सापकोटा लगायतले सञ्चालन गरेका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083