धनगढीमा ओलीको आमसभा: तथ्यहीन विकासे भाषण र प्रचण्ड-माधवको विरोध!

12.9K
shares

धनगढी। शुक्रबार धनगढीमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिए,
त्यत्ति मात्र होइन, उनले नुहाउँदा पनि दुई चार केस झरेर जाने हुँदा पार्टीलाई केही असर नपर्ने दाबीसमेत गरे ।

‘तीन करोड मान्छेमा कतिजना मान्छे गए ? सुन्नुभयो– उहाँहरु २६५ कि कति गयौँ भन्छन् । अनि के भयो त ? नुहाउँदा पनि दुई चार केस झरेर जान्छ के हुन्छ ?’, ओलीले भने, ‘दुई अंकमा सिट जितेर देखाउनुहोस् ।  देशभरीबाट १० सिट जितेर देखाउनुहोस् ।’

ओलीले पार्टीका केही नेता अश्लिल नाराबाजी गर्दै हिँडेको तर आफूलाई देश बनाउने चिन्ता मात्र भएको  बताए ।

‘प्रचण्ड र माधव नेपाल अगाडि लागेर अश्लिल नाराबाजी गरेर हिँडेका छन् । गालीगलोज गरेर हिँडेका छन् । हामीलाई गाली गलोज गरेर हिँड्ने फुर्सद छैन । हामीलाई देश बनाउने चिन्ता छ’, प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओली ले आफूले विकास निर्माणको क्षेत्रमा धेरै काम गरेको दाबीसमेत गरेका छन् । उनले देशको रक्षाका लागि आफू लड्दा केही नेताहरु आफूविरुद्ध लागेको र सडकमा पुगेको बताए । कार्यक्रममा सम्बोधनका क्रममा सुरुमा आफूले गरेका कामको व्यख्या गरेका ओलीले थप समय प्रचण्ड–नेपाल समूहको आलोचनामा खर्चिए ।

उनले सुदुरपश्चिम क्षेत्रको बिना तथ्थ आफुले हुँदै नभएको नबनेको बाटो समेत आफुले बनाएको दाबी गरे। पेट्रोल उत्खननको लागि सवेक्षण भैरहेको कुराको समेत हेक्क नराखेर उनले सम्भावना नभएको खनिज उत्खननको कुरा गरे। प्रधानमन्त्रीले हजारौं मान्छे केका लागि जम्मा गरे भन्ने कुराको सहभागी व्यक्तिहरुलाई समेत पत्तो थिएन।