कामचलाउ प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सभामा सांसदहरुले गरे बहिष्कार

11.25K
shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय सभामा पनि सांसदहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्री ओली प्रवेश गर्नासाथ सांसदहरु बैठक छाडेर हिँडेका थिए ।

प्रधानमन्त्री ओली बैठकमा प्रवेश गरे पछि त्याहाँ बस्नुको औचित्य नरहेकाले आफूहरु बाहिरिएको राष्ट्रिय सभा सदस्य बेदुराम भुषालले जानकारी दिए ।
संसद विघटन पछि पार्टी विभाजित भएसगै प्रचण्ड माधव पक्षले देशव्यापी रुपमा ओली सरकार बिरुद्ध आन्दोलन केन्द्रीत गरेको छ । यद्यपि, वामदेव गौतम र दिनानाथ शर्मा भने बैठकमा बसेका थिए ।

गएको पुस १७ मा शुरू भएको राष्ट्रियसभा बैठक दश दिनमै सकिएको छ । यो अवधिमा चार पटक गरी सात घण्टा पाँच मिनेट बैठक चल्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083