अनेरास्ववियू सडक नाटकः माइतीघरमा प्रधानमन्त्रीको पुतला दोहन
वि.सं.२०७७ माघ १७ शनिवार १९:११
shares

काठमाडौं। प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विद्यार्थीहरुले सडक नाटक प्रदर्शन गरेका छन् ।
माइतीघरमा भेला भएका अनेरास्ववियू विश्वविद्यालय समितिले सडक नाटक गरेको हो । सो क्रममा उनीहरुले प्रधानमन्त्रीको पुतला बनाएर जलाएका थिए ।
अनेरास्ववियू विश्वविद्यालय समितिले आयोजना गरेको सडक नाटकमा जाग लम्क चम्क हे, नौ जवान हो भन्दै कुर्सीमा रहेको प्रधानमन्त्री केपी ओली नक्कल गर्दै झोला बाट ओलीको पत्ला निकालेर लतारर्दै सडकमा जलाएर सडक नाटकलाई कोण सभामा परिणत गरेको थियो ।
कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियू केन्द्रिय सदस्य संजय कालधनले, प्रतिगमन अझै पनि नसच्याउने हो भने बालुवाटार बाट बाल्कोट हैन, सडकमा ल्याएर प्रधानमन्त्रीको हबिगत पनि यस्तै बनाउने चेतावनी दिएका हुन् ।
त्यस्तै अनेरास्ववियूका केन्द्रिय नेता सुरेन्द्र बस्नेतले अर्को ओली नर्फियोस्, हाम्रो आन्दोनमा ओली जन्मिने छैन, प्रधानमन्त्री ओलीले पार्टीलाई धोका दिएकाले घुँडा टेकाएर मात्र छोड्ने दावी गरे।
अदालत २१ औं शताब्दीको अदालत भएकाले यहाँका न्यायाधीशहरू ओलीको सेटिङका पछाडि डराएर ओलीको पक्षमा निर्णय नगर्ने जिकिर गरे।
उनले भने,’ ‘कमरेड, तपाईंलाई धेरै टुक्काहरू थाहा छ। एउटा थाहा रहेनछ। स्यालहरूले रजाइँ गर्ने कुरा दन्त्यकथामा मात्र हुन्छ। वास्तविक दुनियाँ स्यालले रजाइँ गर्दैन। सेटिङले काम गर्दैन।
































