पत्रकार दलाल र अपराधी भएको ईश्वर पोखरेलको आक्षेप

9.63K
shares

 

सरकारका बहालवाला उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यवसायिक पत्रकारिता र पत्रकारलाई लगाएका छन्। व्यवसायिक सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई उनले भने, ‘ती कर्पोरेट मिडियामा काम गर्ने दलालहरू।’

दलालहरूले अपराधपूर्ण रिपोर्टिङ गरेको समेत उनले दाबी गरे। यसका विरुद्ध उठ्न उनले नेकपा ओली निकट पत्रकारलाई आह्वानसमेत गरे।

‘कर्पोरेट मिडियाका अपराधपूर्ण कुराहरू हेर्नुभा’छ कि, छैनरु गलत कुराहरु हाकाहाकी, के नाम लिनु बुझिहाल्नुहुन्छ। ती कर्पोरेट मिडियाका दलालहरू। ती दलालहरूको दैनिक सम्प्रेशण गरेका समाचार तपाईँ हेर्नुस् त। गलत कुराहरु फतुर लगाएर उल्टा कुराहरु जनतालाई विशाक्त बनाउने हिसाबले सम्प्रेशण गरेका छन्। ती कर्पोरेट मिडियाका त्यस्ता अपराधपूर्ण कुराहरुको विरोधमा उठ्नैपर्छ’, पोखरेलले भने।

नेकपा ओली निकट प्रेस संगठन नेपालको पोखरामा भएको गण्डकी प्रदेश स्तरीय भेलामा बोल्दै उनले संगठनमा आवद्ध पत्रकारले व्यवसायिक पत्रकारिताको प्रतिवाद गर्न आह्वान गरे। ‘प्रेस संगठन नेपालले संगठित ढंगले त्यसको प्रतिवाद गर्नुपर्छ, नत्र भने जनतालाई गलत सूचना दिएर, जनतालाई भ्रममा पारेर सही कुरालाई कमजोर बनाउने जुन अपराधपूर्ण क्रियाकलाप हुँदैछ’, उनले भने, ‘यसका विरुद्धमा खबरदारी गर्न जरूरी छ।’

सरकारका बहालवाला उपप्रधानमन्त्री रहेका पोखरेलले व्यवसायिक पत्रकारितालाई दलाली र अपराधको गम्भीर आरोप लगाएका हुन्। उनले कसरी दलाली भयो र कसरी अपराधपूर्ण समाचार भयो भन्नेबारे खुलाएनन्। उनले आफू निकट पत्रकारलाई सरकार र ओली नेतृत्वको नेकपाका सकारात्मक समाचार जनतामा पुर्‍याउन पटक पटक आग्रह गरे।

‘तपाईँहरू पुल हो, साँघु हो, देशमा भएका सकारात्मक कुरा जनतामा पुर्‍याउनुपर्छ, जनतालाई जस्ताका तस्तै कुरा बताइदिए जनताको उपचार हुन्छ’, उनले भने। तर संगठनमा आवद्ध पत्रकारले त्यसो नरेको भन्दै उनले यस्तो गुनासो गरे। ‘तपाईँहरू सबैलाई मेरो गुनासो के छ भने सञ्चार क्षेत्रका मान्छेले यो तीन वर्षमा केपी ओलीको नेतृत्वको सरकारले के के गर्‍यो भन्ने कुरा, ती गरेका कुराहरु जनतालाई प्रभावकारी ढंगले बुझ्ने गरी, पत्याउने गरी किन पस्कन सक्नुहुन्नरु’

उनले यो आलोचना नभई आफूले प्रश्न गरेको बताए। ‘यत्रा चिजहरु निस्किएका छन् किन तपाईँहरू पस्कनुहुन्नरु जनताले बुझ्ने गरी। जनता वाल्ला परेर तल बस्या छ। हाम्रो सरकारले गरेका कामहरु जनताका बिचमा पुर्‍याउने पुलका रुपमा, साँघुका रुपमा तपाईँहरू हुनुहुन्छ तपाईहरु किन पुर्‍याउनुहुन्नरु यो पुगिराख्या छैन,’ उनले आक्रोश पोखे।

उनले जनतामा ओली सरकारले गरेको राम्रा काम पुर्‍याउन कमजोरी कहाँ छ भनेर प्रश्न गरे। पत्रकारले सकारात्मक कुरा नलेखेको भन्दै उनले प्रधानमन्त्री आफैंले भोलि सोमबार ३ वर्षको उपलब्धि प्रत्यक्ष प्रशारण मार्फत जानकारी गराउने बताए।

‘प्रधानमन्त्रीज्यूले ३ वर्षमा के के काम गर्‍यौं, हामीले ती सबै कामको फेहरिस्त र अब हामीले के के काम गर्छौं भनेर भोलि ११ बजे सार्वजनिक ढंगले लाइभ प्रशारण हुँदैछ। तपाईँहरुले एकचोटी प्रशारण हुन्छ पुगिहाल्यो भनेर नसोच्नुहोला। त्यसका इस्यु–इस्यु, विषय– विषय तपाईँहरूले जनताका बिचमा पुर्‍याउनुपर्छ,’ उनले भने।

उप(प्रधानमन्त्री पोखरेलले सरकारले गरेका राम्रा काम सम्प्रेषण नहुँदा जनताले मेलो नपाएको बताए। एकै दिन ३ सय ९ वटा सरकारी अस्पतालको शिलान्यास भएको भन्दै उनले यसलाई ऐतिहासिक काम भएको बताए। ‘संसारमै यति धेरै शिलान्यास कुनै पनि देशमा भएको छैन होला’, उनले भने, ‘शिलान्यास मात्र होइन, १ वर्षमा सक्न ५६ अर्ब छुट्याएको छ, त्यसको कुनै चर्चा हुँदैन।’

सरकारले गरेका राम्रा काम जनतालाई बताउन आग्रह गरे। ‘यो बताइएन भने जनता अलमलमा पर्छन्, र अलमलिएको जनताबाट साथ पाइँदैन’, उनले भने, ‘जनतालाई स्पष्ट पारियो भने मात्र साथ पाउन सकिन्छ।’

उनले संचारकर्मीलाई पार्टी आन्दोलनको कार्यकर्ताको हिसाबले अगाडि बढ्नसमेत आग्रह समेत गरे।

सम्बोधनको शुरूवातमा उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरु ‘टु इन वान’ को भूमिकामा रहेको बताए। पत्रकारिता गर्न पेशागत दक्षता अनिवार्य भएको बताएका उनले विचारको प्रतिवद्धता पनि उत्तिकै आवश्यक रहेको दाबी गरे। पार्टीमा जतिसुकै कस्सिएर लागे पनि पोशागत दक्षता भएन भने अघि बढ्न नसक्ने उनको भनाई छ।

जिम्मेवारी पाउँदै गएपछि बरिष्ठ पत्रकार बन्ने र विचार पन्यालो बन्दै गएर पछि नागरिक समाजमा परिणत हुने दुर्घटना आफूले देखेको उनले बताए।

‘मान्छे त्यहीँ हो, उसले पेशागत जिम्मेवारी पायो। बरिष्ठ पत्रकार पनि भयो। विचार पातलो– पातलो हुँदै गयो। त्यस्ता मान्छे भेटिन्छन्। विचार छोड्दै– छोड्दै जान्छन् र पछि तिनीहरु नागरिक समाजमा परिणत हुन्छन्। तपाईको पँक्तिमा छ कि छैन विचार गर्नुहोला।’ पोखरेलले भने।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083