बैंकको ऋण तिर्न नसक्नेका लागि ६ महिना समय थपियो

Nepal Life Insurance Long Ad

नेपाल राष्ट्र बैंकले ऋण तिर्न नसकी बसेका ऋणीहरुलाई असारसम्म पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था ल्याएको छ।

कोभिड१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न चालिएका कदमबाट अर्थतन्त्रमा परेको असरलाई दृष्टिगत गरी राष्ट्र बैंकले ऋणको ब्याज र किस्ता तिर्न अवधीलाई बढाइदिएको हो। राष्ट्र बैंकले पुनर्तालिकीकरण र पुनर्संरचना गर्ने मिति पुस मसान्तसम्म रहेकोमा त्यसलाई असार मसान्तसम्मको अवधी थप गरिदिएको हो।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको अर्धवार्षिक समिक्षा मार्फत कोरोना प्रभावित भएको भन्दै ऋण नतिरी र कर्जाको पुनर्तालिकिकरण पनि नगरी बस्ने व्यवसायीलाई असारसम्मको म्याद दिएको गभर्नर महाप्रसाद अधिकारीले बताए।

आइतबार भएको समिक्षामा कार्यक्रममा गभर्नर अधिकारीले भने, ‘राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब ०७८ असार मसान्तसम्ममा बक्यौता ब्याजको ५ प्रतिशत तिरेर कर्जाको पुनर्तालिकीकरण गर्न सकिने छ।’

मौद्रिक नीति साउनमा ल्याउँदा ०७७ पुस मसान्तसम्ममा बक्यौता ब्याजको १० प्रतिशत तिरेर पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरिएको थियो।

पुस मसाल्तसम्म अर्थात् ६ महिना सम्मलाई लिइएको पुनतालिकीकरण गर्ने व्यवस्थालाई एका वर्ष गरेको हो भने तिर्नुपर्ने बक्यौता ब्याजलाई यसअघिको व्यवस्थाभन्दा आधा गरिदिएको हो। अर्थात् १० प्रतिशतलाई ५ प्रतिशत गरिएको हो।

गर्भनर अधिकारीले भने ‘कोरोनाको कारणले व्यवसायीहरु धरासायी बनेका छन्। अझै उद्योग व्यवसायहरु पूर्ण रुपमा संचालन हुन सकेका छैनन्। त्यसकारणले गर्दा यो सुविधा आवश्यक छ।’

२ फागुन २०७७, आइतवार २०:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु