मिडिया र प्रयोगकर्ताले अब फेसबुकमा समाचार सेयर गर्न नपाउने !

17.72K
shares

अष्टेलियाका मिडिया र प्रयोगकर्ताले अबदेखि सामाजिक फेसबुकमा समाचार सेयर गर्न नपाउने भएका छन् । फेसबुकले अष्ट्रेलियामा न्युज फिडमा समाचार पढ्न र सेयर गर्न बन्द गरिदिएको हो ।

अष्ट्रेलिया सरकारले ल्याउन लागेको नयाँ कानुनको विरोधमा फेसबुकले अष्ट्रेलियाका मिडियालाई फेसबुकमा समाचार सामग्री सेयर गर्न बन्द गरिदिएको अन्र्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ । अष्ट्रेलियाको प्रस्तावित कानुनमा फेसबुक र गुगलले मिडियाको सामग्री राखेबापत् मिडिया कम्पनीलाई पैसा तिर्नुपर्ने व्यवस्था छ।

फेसबुकले आफूले कुनै मिडियाको सामग्री चोर्ने नभई प्रकाशकहरूले नै आफ्नो समाचारको रिच बढाउन फेसबुकमा समाचार सेयर गर्ने गरेकाले पैसा तिर्ने कानुन ल्याउन नमिल्ने बताएको छ।

फेसबुकमा समाचार सेयर गरेर सन् २०२० मा अष्ट्रेलियन मिडिया हाउसले ४०७ मिलियन अष्ट्रेलियन डलर कमाएको उसको दाबी छ। गत जनवरीमा अष्ट्रेलियाको सिनेटमा भएको सुनुवाइका क्रममा फेसबुकले प्रस्तावित विधेयक कानुन भए आफूले अष्ट्रेलियाली प्रयोगकर्ताको न्युज फिडमा समाचार आउनै नदिने बताएको थियो भने गुगलले सर्च इन्जिन नै बन्द गर्ने चेतावनी दिएको थियो। विधेयकबारे अहिले सिनेटमा छलफल चलिरहेको छ।

पछिल्लो समय भने गुगलले फेसबुकभन्दा फरक बाटो समात्ने संकेत देखाएको छ। उसले अष्ट्रेलिया छोड्नेभन्दा त्यहाँका मिडिया हाउससँग गहिरो सम्बन्ध बनाउने भएको समाचारमा उल्लेख छ ।

बुधबारमात्रै उसले अष्ट्रेलियाका विभिन्न सहरमा प्रकाशित हुने समाचार पत्रका मालिक रूपर्ट मुड्रोचको कम्पनीसँग सब्क्रिप्सन प्लेटफर्म बनाउने र विज्ञापनको आम्दानी बाँड्ने सम्झौता गरेको छ। उसले यसअघि यस्तो सम्झौता बेलायत, जर्मनी, फ्रान्स, ब्राजिल र अर्जेन्टिनाका मिडिया हाउससँग गरिसकेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083