जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको २६ औं स्मृति तथा बलिदान दिवस !

10.26K
shares

काठमाडौं । तत्कालीन नेकपा(माओवादी)द्वारा संचालित जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने प्रथम सहिद दिलवहादुर रम्तेलको २६औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भएका छन्।

आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।

यसै सन्दर्भमा सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज २६ औं दिलवहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम राखेको छ।


divya collage
unigloble collage