जनयुद्धका प्रथम सहिद दिलवहादुर रम्तेलको २६ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर सम्पन्न !

Nepal Life Insurance Long Ad

काठमाडौं । तत्कालीन नेकपा(माओवादी)द्वारा संचालित जनयुद्धका क्रममा सहादत प्राप्त गर्ने प्रथम सहिद दिलवहादुर रम्तेलको २६औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम भएका छन्।

आजभन्दा २५ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा अध्ययनरत ११ वर्षीय विद्यार्थी दिलबहादुर रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धकै प्रथम सहिद मान्दै आएको छ।

यसै सन्दर्भमा सत्तारुढ नेकपा निकट अनेरास्ववियूले आज २६ औं दिलवहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा विभिन्न कार्यक्रम राखेको छ।

अनेरास्ववियू केन्द्रिय समितिको आयोजनामा पाटन क्याम्पसमा दिल बहादुर रम्तेलको स्मृति दिवसमा कार्यक्रममा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ, सुरेन्द्र बस्नेत, विजय गौतम, आरती लामा, धिरेन्द्र शाही, पवन कार्की, श्याम रोक्का, संजय काल्धन लगायत उपस्थिति रहेको थियो भने कार्यक्रममा सहिद परिवारका सुरेन्द्र बस्नेत,श्याम रोक्का, जेविन सर्वहारालाई सम्मान समेत गरिएको हो।
कार्यक्रममा सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरिएको थियोे।

१४ फागुन २०७७, शुक्रवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु