जनयुद्धका प्रथम सहिद रम्तेलको स्मृतिमा ‘सहिद स्मृति कप’: काठमाडौ जिल्ला कमीटी विजेता
वि.सं.२०७७ फागुन २१ शुक्रवार २०:१९
13.01K
shares
shares

काठमाडौ । जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा ‘सहिद स्मृति कप ‘ अनेरास्ववियू विश्वविद्यालयको आयोजनामा सम्पन्न भएको छ। अनेरास्ववियू विश्वविद्यालय तथा सिटिभिटीको आयोजनामा अन्तर जिल्ला फुटसल प्रतियोगिता सम्पन्न भएको हो।
झन्डै २३ वटा समुह सहितको सहभागीतामा आयोजित उक्त प्रतियोगितामा काठमाडौ जिल्ला कमीटी विजेता भएको छ भने उपविजेता प्राबिधिक जिल्ला कमीटीले भएको हो।
काठमाडौंले उपत्यकामा आयोजना गरेको सहिद स्मृति कप प्रतियोगितामा उद्घाटन नेकपाका नेता एवं पुर्व मन्त्री बर्षमान पुनले गरेका थिए, भने बिषेष अतीथी पूर्वसभामुख ओनसरी घर्ती साथसाथै अनेरास्ववयिूका सहसंयोजक रञ्जित तामाङले गरेका थिए ।
त्यसै गरी कार्यक्रमको अध्यक्षता भने अनेरास्ववियूका नेता संजय काल्धनले गरेका हुन् ।
















