पोप फ्रान्सिसको इराक भ्रमण सम्पन्न

Nepal Life Insurance Long Ad

इसाई सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको तीन दिने इराक भ्रमण सम्पन्न भएको छ ।
इराकमा पोपको यो पहिलो औपचारिक भ्रमण हो ।

सुरक्षा चुनौतीका बीच ८४ वर्षीय पोप फ्रान्सिसले इराकमा करिब एक हजार ४०० किलोमिटर यात्रा गर्नु भएको थियो । उहाँले शिते मुस्लिमका सर्वोच्च धर्मगुरु ग्रान्ड आयातोल्लाह अलि सिस्तानीसँगै इराकमा शदियौंदेखि बसोबास गरिरहेका इसाई सम्प्रदायका व्यक्तिहरुसँग भेटघाट गर्नु भएको थियो ।

आइतबार आफ्नो अन्तिम सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पोप फ्रान्सिसले आफूले इराकमा दुःख र पीडा मात्र नभई आशा र मित्रताको आवाज पनि उठेको बताउनुभयो ।
उहाँले इराकमा आधा दर्जनभन्दा बढी सार्वजनिक प्रवचन दिनु भएको थियो जसमा उहाँले आशा र भातृत्वको पक्षमा आफ्ना धारणा राख्नु भएको थियो ।

२४ फागुन २०७७, सोमवार १५:३७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु