जनतालाई कोभिडको चपेटामा छाडेर सरकार आफ्नो आयुको भिख माग्नमा ब्यस्त छ : तामाङ

14.94K
shares

माओवादी केन्द्र निकट बिध्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न भएको छ ।

शनिवार कैलालीको अत्तरियामा बसेको बैठकमा प्रमुख अतिथीका रुपमा अखिलल क्रान्तिकारीक अध्यक्ष रन्जित तामाङले सम्बोधन गर्नुभयो।

बैठकमा बोल्दै तामाङले भने मुलुक कोभिडले आक्रान्त भएको बेला सरकार आफ्नो आयुको लम्याउन याचना गरिरहेको बताए ।

मुलुक सिमा नाकाहरु असुरक्षीत छन ,सिमा लक गरिएको छैन , खुला बोर्डरका कारण सुदूरपश्चिमसहित देशभरका नागरिकको सुरक्षा उच्च जोखिममा पुगेको छ ।

मुलुक लथालिङ्ग छ तर सरकार भने विभिन्न पक्षसँग कुर्सिको आयु कसरि लम्ब्याउन सकिन्छ भन्ने खेलमा मात्र ब्यस्त रहेको भन्दै तामाङले रोष प्रकट गरे।

माओवादीले एजेण्डा सहित राजनितीगरिरेको हुँदा फेरि पनि मुलुकको राजनितीको साँचो माोवादीकै हातमा रहेको दाबी गर्दै नेता तामाङले संगठनको अभियानमा उच्च बनोबलक र जोशका साथ लाग्न निर्देशन दिने क्रममा उनले भने एउटा लेखराज भट्टको चिन्ता छड्नुस ।

अखिल(क्रान्तिकारी)को आन्दोलनले दर्जनौ लेखराज भट्ट जन्माउने उनको दाबी थियो।

तर उनिहरु लेखराज भट्ट जस्तै धोकेबाज र गद्धार नहुने तामङको दाबी थियो । नेकपा विभाजनपछि सुदुरपश्चिम प्रदेश मओवादी केन्द्र छाडेर लेखराजभट्ट लगायत उल्लेख्य नेता कार्यकर्ताले वलि नेतृत्वको एमालेमा गएका कारण माओवादीले क्षति ब्यहोरेको प्रदेश हो ।

देशभर दुई महिने संगठन सुध्रिढीकरण अभियान घोषणा गरेको क्रान्तिकरीले सातवटै प्रदेशमा भेला बैठक तथा संगठन सुध्रिढीकरणलाई तिब्र पारेको क्रान्तिकारीले यस अघि नै असोजमा सम्मेलन घोषणा गरि सकेको छ ।

अखिल क्रांतिकारी सुदुर प्रदेश कमिटी सचिव मदन भुलको संचालमा सम्मपन्न कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य नेप बहादुर थारु, अखिल क्रान्तिकारीका उपध्यक्ष बिजय गौतम, प्रवक्ता जीपी मैनाली लगायतले सम्बोधन गरेका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083