पुर्वमन्त्री डा.लामाको उपस्थितिमा गृह जिल्लामा गुम्बा पुनःनिर्माणका निम्ति क्षमा पुजा सम्पन्न

Nepal Life Insurance Long Ad

सिन्धुपाल्चोक । आजको दिन २०७२ वैशाख १२ गते ६ वर्ष अगाडी सिन्धुपाल्चोक लगायत स्रोह जिल्लाहरुमा विनाशकारी भुकम्प र त्यसको पराकम्पनले पु-याएको क्षतिले मानव जनधनको मात्र होईन भौतिक संरचनाको पनि ठुलो क्षति पुयो ।

नेपाल सरकार र अन्तराष्ट्रिय जगतले गरेको प्रतिवद्धताले कहिलेसम्म र कतिसम्म यसको पुनःनिर्माण हुनसक्छ भन्ने कुरा देशविदेशबाट सबैले नजिकबाट नियालि रहेका थिए । यसै क्रममा नेपाल सरकार र विदेशबाट आएको सहयोगले शिक्षा, स्वास्थ्य, आवास लगायतको क्षेत्रमा केही हदसम्म सहयोग गरेतापनि जनताले चित्त बुझ्ने गरि पुनःनिर्माण हुन नसकेको यथार्थ हो ।

यसबीचमा झण्डै ६ वर्षपछि मित्रराष्ट्र भारत सरकारको सहयोग र नेपाल सरकारको मताहतमा रहेको पुनःनिर्माण निकायबाट संस्कृतिक एवं पर्यटकीय क्षेत्रमा केही हदसम्म सहयोग पुयाउने काम भएको छ ।

यस दौरानमा माननीय संविधानसभा सदस्य एवं पूर्व मन्त्री प्रथम योल्मो खेन्पो छिमेछिरिङ ९डा।ल्हारक्याल लामा० ज्यूको नेतृत्वमा करिब पाँच वर्ष लामो अथक मेहनत परिणाम स्वरुप केही जिल्लाहरुमा ऐतिहासिक गुम्बाहरुको पुनःनिर्माण कार्य शुरु भएका छन् ।

विनाशकारी भुकम्प पश्चात पूर्वमन्त्री डा।लामाज्यूले काठमाडौंस्थित भारतीय दुतावासमा पुर्नःनिर्माणको निम्ति सहयोगको आग्रह गरे अनुसार डा।लामाज्यूको नेतृत्वमा दुतावासको अधिकारीहरु रोशन लेप्चा जी र प्रणाम गणेश जी लगायतको टोली सिन्धुपाल्चोक जिल्लाका साथै भुकम्प प्रभावित जिल्लाहरुमा पुर्नःनिर्माणको निम्ति अवलोकन गरेको थिए । सोही अनुसार सिन्धुपाल्चोकको ७ वटा गुम्बा, रसुवा जिल्लाको ४ वटा गुम्बा, नुवाकोटको ४ वटा गुम्बा, धादिङको २ वटा र सोलुखुम्बुको १ वटा गुम्बा निर्माण गर्न पूर्व मन्त्री डा।लामाज्यूको अनुरोध अनुसार उक्त जिल्लाहरुमा गुम्बा निर्माण गर्न भारत सरकारले प्रतिवद्धता जनाएको थियो ।

सोही प्रतिवद्धता अनुसार सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका अन्तर्गत रहेको मेलम्ची घ्याङ, चुरी घ्याङ, सेर्माथाङ घ्याङ, तार्के घ्याङ, इन्द्रावती गाउँपालिका अन्तर्गत नवलपुर घ्याङ, मेलम्ची नगरपालिका अन्र्तगतको सिन्धुकोटको शुलि घ्याङ, बाराविसे नगरपालिका अन्तर्गत तातोपानीको लिस्ति गुम्बाहरुको क्षमा पुजा प्रथम योल्मो खेन्पोज्यू र गोरखाका खेन्पो रिन्पोछे टासिछिरिङज्यू, डोल्पाको अवतारी गुरु टुल्कु कर्मा स्याङबोज्यू लगायत धर्म गुरुहरुको उपस्थितिमा क्षमा पुजा सम्पन्न गरि निर्माण कार्य सुरु भएको छ ।

यसक्रममा उक्त गुम्बाहरुको प्रमुख लामाज्यूहरु स्थानिय भक्तजनहरु जनप्रतिनिधिहरुको उत्साहजनक सहभागी भई उहाँहरुबाट नेपाल सरकार, मित्रराष्ट्र भारत सरकार, सम्बन्धित सम्पूर्ण अधिकारी कर्मचारीहरु र यस कोरोना महामारीको प्रतिकुल समयमा पनि दिनरात खटी मेहनत गर्नुहुने प्रथम ह्योल्मो खेन्पोज्यू र त्यस क्षेत्रबाट निर्वाचित माननीय शेरबहादुर तामाङ, माननीय प्रदेशसभा सदस्य निमा लामा लगायतलाई हृदयदेखि धन्यवादको साथै यी गुम्बाहरु सम्पन्न गरी उद्घाटन नगरुन्जेलसम्म निरन्तर सहयोग सल्लाह साथ र नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रह समेत गरेका थिए ।

हेलम्बु पर्यटकीय क्षेत्र मात्र नभई धार्मिक आस्थाको केन्द्रबिन्दु पनि हो । यहाँ हजारौं वर्षदेखि बुद्धदर्शनको लामो ईतिहास बोकेको पवित्र गुप्त क्षेत्रको रुपमा संसारभर परिचित छ । हेलम्बु एक समय यस्तो ठाउँ हो, राष्ट्रिय अन्तर्राष्ट्रिय बुद्धिष्टहरुको अध्ययान, अनुसन्धान र अभ्यासको केन्द्रको रुपमा स्थापित भएको थियो ।

यस क्षेत्रलाई भगवान गौतम बुद्धले कमला सुत्र लगायतको विभिन्न उपदेशहरु हेलम्बु ९योल्मो० को नाम उच्चारण गरेको हुन्छ । देवीदेवताहरुको बसोबास गर्ने ठाउँ धर्मात्महरुले अनुसन्धान, अध्ययान र अभ्यास गरे छिट्टै बुद्धत्व भूमि प्राप्त गर्न सक्ने पवित्र गुप्त क्षेत्रको रुपमा यस क्षेत्रलाई परिचय दिएका थिए । यसै कारण गुरु पद्यम संभव ऋषिमुनी महायोगी मिलारेवा ग्लावागोत छाङपा पाँचौं दलाई लामाको प्रमुख गुरु ह्योल्मो टुल्कु लगायतका ऋषिमुनी महायोगीहरुले तपस्या गरी बुद्धदर्शनको ठुलो विकास गरेको पाईन्छ ।

यसैक्रममा विभिन्न मुलुकका धर्मराजाहरु र बुद्धिष्टहरुले अध्ययान तपस्या गरी ज्ञाप हाँसिल गरेका थिए । यसैकारणले मित्रराष्ट्र भारत सरकारको अमुल्य सहयोगले नेपालमा मात्र नभई संसारकै सबै बुद्धिष्ट धर्मलम्बीहरुलाई खुसीको सन्देश दिनुको साथै बुद्ध दर्शनको विकास गर्न ठुलो मद्दत पुगेको देखिन्छ । असल मित्रराष्ट्रको यस्तो अमुल्य र निसर्त शुद्ध भावनाले पु(याउने सहयोगले दुई छिमेकी मुलुकको असल मित्र सावित गर्ने मात्र होईन नेपाल र भारतबीच जनस्तरदेखि नै दुई सरकारबीच सुमधुर सम्बन्ध बनाउन थप बल पु(याएको छ ।
साथै यस गुम्बाहरुको पुनःनिर्माण कार्यले धार्मिक क्षेत्रमा मात्र नभई पर्यटकीय क्षेत्रमा पनि ठुलो सहयोग पुगेको छ ।

१२ वैशाख २०७८, आइतवार २१:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु