अखिल(क्रान्तिकारी)को अध्यक्षमा त्रि-चन्द्र क्याम्पसमा बुढासैनी र महेन्द्र रत्न क्याम्पसमा शाही सर्वसहमत निर्वाचित

Nepal Life Insurance Long Ad

काठमाडौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) क्याम्पस जिल्ला अन्तरगतका दुई आन्दोलनको दृष्टिकोणमा महत्त्वपूर्ण क्याम्पसमा क्याम्पसहरुको सम्मेलन सम्पन्न भएको छ।अखिल (क्रान्तिकारी) त्रि-चन्द्र क्याम्पस कमिटीको दशौ सम्मेलनबाट ३५ सदस्यीय सहित प्रदिप बुढासैनी निर्वाचित भएका छन् ।
त्यस्तै इन्चार्जमा महेन्द्र चन्द ठकुरी, सह-इन्चार्ज – अनिल के.सी र सुजाता थापा वरिष्ठ उपाध्यक्षमा प्रदिप भण्डारी, उपाध्यक्ष अशोक भण्डारी, सचीवमा श्याम कार्की, सहसचिव जगदीश शर्मा र अञ्जली लामा र कोषाध्यक्ष प्रेम तामाङ्ग सर्वसहमत निर्वाचित भएका हुन् ।
सम्मेलनको उदघाटन केन्द्रिय उपाध्यक्ष विजय गौतमले गरेका थिए।
त्यस्तै अर्को महत्त्वपूर्ण क्याम्पस अखिल (क्रान्तिकारी) महेन्द्ररत्न क्याम्पस समितिको नवौ सम्मेलनबाट दिपेन्द्र शाही सर्वसहमत
निर्वाचित भएका हुन् । इन्चार्जमा टोपेन्द्र ओली, सह इन्चार्ज प्रकाश न्यौपाने, उपाध्यक्ष रामचन्द्र कार्की, उपाध्यक्षमा बालाजी सिङ्ग जीसी, सचिवमा सफल अधिकारी, सह-सचिब मनिष ठाकुर र बिनिसा जिसी र
कोषाध्यक्षमा प्रबिण मल्ल सर्वसहमत निर्वाचित भएका हुन् । सम्मेलनको उदघाटन केन्द्रिय उपाध्यक्ष तिलक राजभण्डारीले गरेका थिए।

१४ भदौ २०७८, सोमवार ०९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु