राजनीतीमा असफल महिला कोमल वली

कोमल वली पेशाले कलाकार र सन्चारकर्मी थिइन् । बिसौ बर्ष रेडियो नेपालमा काम गरेकी वली अब्बल कलाकार पनि हुन् । उनको आवाज सबैले रुचाएका पनि छन् । तर उनी विादरहित भने छैनन् । अहिले होस या पहिले । कलकारिता गर्दा पनि उनका गितका शब्दहरुले विवाद जन्माइरहन्थ्यो । ‘पोइल जान पाम’ भन्ने गितको विवादले ठुलै रोइलो ल्यायो । त्सको केहि समयपछाडि कोमल ओलीले पशुपती शर्माले लेखेको गित गाइन् । ‘राजनिती गर दिदि’ बोलको गित बजारमा आएपछि उनी नभन्दै राप्रपा प्रबेश गरेकि थिइन् । राप्रपाले सांसदको टिकट नदिएपछि केपी शर्मा ओलीसंग चाजोपाँजो मिलाएर उनी फेरी नेकपा एमालेमा प्रबेश गरिन् । केपी शर्मा ओलीले उनलाई सांसद पनि बनाइदिए । केपी ओलीको ‘तथास्तु’ले पाएको सांसद पदको नेकपा एमाले पार्टिभित्रै घाइरोघुइरो आलोचना पनि भएको थियो । एकदिन रघुजी पन्तले त सार्बजनिक कार्यक्रममै ‘२० औँ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिडुँला देखाउँदै पोइल जान पाम भनेपछि कोमल वलीलाई केपी ओलीले सांसद बनाएको भनेका थिए ।’ उक्त अभिव्यक्ती बिरुद्ध कोमल वलीले उजुरी दिने हल्ला समेत बाहिर आएको थियो । अहिले उक्त घटना साम्य भएको छ । त्यसो त कोमल वली स्वयंले एक टेलिभिजन अन्र्तवार्तामा आफु केपी ओलीको चेली भएको र आफुलाई ओलीले मात्र टिकट दिएको बताएकि थिइन् ।
जे होस उनी केपी शर्मा ओलीको विश्वाशपात्र हुन् । उनले ओलीको नराम्रा हर्कतहरु पछयाइरहेकि हुन्छिन् । नेकपा माओवादीको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले कहिले कबिता कहिले सायरीमार्फत राष्ट्रिय सभामै गएर घोचपेच गरेर व्यग्ंय गर्दै आएकि छिन् । वलीको छुद्र अभिव्यक्तीहरुले गर्दा उनलाई राजनितीमा कुनै आलोचनारहित चोखो स्थान भेटाउन मुस्किल नै छ । राजननितीमा सफल हुनका लागि आफनै एजेण्डा हुनुपर्छ । अरुले हात समातेर डोर्याएको राजनितीले एकदिन धरापको पासो बन्छ । र राजनीतीमा त्याग अनुभब अनि आफनो प्रतिबद्धता चाहिन्छ । तर कोमल ओलीमा क्षमता नहोला भन्न सकिन्न तर राजनितिज्ञमा हुनुपर्ने गुण उनीमा बिरलै छ । अझ उनी केपी ओलीको धुर्त स्वभावको सिको गर्दै छिन् । उनको राजनितकि गुरु खरब भएकै कारण उनको राजनितिक भविष्य नै अन्योलमा नपर्ला भन्न सकिन्न् ।
१४ भदौ २०७८, सोमवार १७:५१ बजे प्रकाशित