अब चितवनमा सिडिओको आदेशमा मात्रै विवाह गर्न पाइने

8.97K
shares

चितवनमा विवाह, व्रतवन्धजस्ता कार्यक्रमका लागि प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति अनिवार्य गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज (मंगलबार) एक आदेश जारी गर्दै विवाह, व्रतवन्ध, न्वारन पास्नीजस्ता जस्ता धार्मिक तथा साँस्कृतिक कार्यक्रमका लागि प्रजिअको प्रजिअ स्वीकृति अनिवार्य गरेको हो ।

आदेशमा धार्मिक वा साँस्कृतिक जात्रा, पर्व, अनुष्ठान, मृत्‍यु संस्कारमा पनि ५० जना भन्दा बढी सहभागि हुन नपाउने र स्वास्थ्य मापदण्ड अनिवार्य पालना गरेको हुनुपर्ने पनि भनिएको छ ।

यस्ता कार्यक्रमका लागि पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक तिहाई नबढ्ने गरी बढीमा ५० जना मात्रै सहभागि हुन पाउने प्रशासनले जनाएको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083