आइतबार देशभरका अदालतमा शोक बिदा

5.85K
shares

सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक विदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको थियो । सरकारी सेवामा २०१५ सालमा प्रवेश गर्नुभएका शर्मा २०१७ सालमा कानून मन्त्रालयको शाखा अधिकृतबाट बढुवा भएर अदालतको न्यायाधीश भएर काम गर्दै २०५४ चैतदेखि २०५६ मङ्सिर ३० गतेसम्म नेपालको प्रधानन्यायाधीश भएर काम गर्नुभएको थियो । स्व शर्माको एक छोरा एक छोरी छन् ।

सर्वोच्च अदालतको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीशको शर्माको निधनप्रति दुःख व्यक्त गरी चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083