‘कलियुगको प्रेम’ले पत्रकार बराइलीलाई प्रेमिकाले यसरी आशा देखाउदैं अलपत्र पारेपछि..!

9.01K
shares

काठमाडौं । पत्रकार प्रकाश बराइली (अभिव्यक्ति) को लेखन र निर्देशनमा तयार पारिएको छोटो पर्दाको चलचित्र ‘कलियुगको प्रेम’ सार्वजनिक भएको छ । उक्त चलचित्र युवा प्रेमी प्रेमीकाहरुबीच कथामा आधारित रहेको छ ।

‘कलियुगको प्रेम’ मा झुटो प्रेममा फसेपछि आफ्नो करिअरसँगै जिन्दगी पनि बर्बाद हुने विषयका कथा समावेश गरिएको बराइलीले बताए । दिपेन्द्र प्रकाश केसीले छायांकन गरेको चलचित्रमा लोकेश भाटको सम्पादन रहेको छ ।

त्यस्तै, उक्त चलचित्रमा निर्देशक बराईली, शशिकला राई, राजकुमार रायमाझी, भीम कुसारी, रमेश सेञ्चुरी, अनिशा चाम्लिङ लगायतको अभिनय छ । म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरको युट्युब च्यानलमा भिडियो राखिएको छ ।

साँचो मायाको कदर हुनुपर्छ, कुन व्यक्ति कस्तो हो भन्ने बुझेर मात्रै संगत गर्नुपर्छ’, निर्देशक बराइलीले भने ‘माया भनेको दुईतर्फी हुनुपर्छ, एकतर्फी मायाले पागल बनाउँछ ।’ प्रेमको अर्थ नबुझ्नाले, समय र व्यक्ति नचिन्नाले करोडको मानीस रोडमा पुग्न समय लाग्दैन भन्ने सन्देश चलचित्रको कथामा दिन खोजिएको उनको भनाइ छ ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083