बिजुलीको तारमा झुन्डिएका विकको ९ घण्टापछि नेपाली सेनाद्धारा उद्धार

उद्धार भए लगत्तै साँझ ७ बजेर ५८ मिनेटमा अवरुद्ध भएको बिजुली चालु

Nepal Life Insurance Long Ad

नुवाकोटमा एक पुरुषले विद्युत प्रशारण लाइनको तारमा झुन्डिएर शनिबार दिनभर प्रहरी प्रशासन र स्थानियलाई हैरानी गरेका छन् ।

शनिवार बिहान ९ बजे विद्युत प्रशारण लाइनको टावरबाट तारमा पुगेका उनलाई ९ घण्टापछि नेपाली सेनाले उद्धार गरेको छ ।

उनी नुवाकोटको बेलकोटगढी नगरपालिका १३ घले गाउँका माइला विक हुन् ।

विक शनिबार बिहान ९ बजेदेखी २ सय २० केभीको प्रशारण लाइनमा हिँडेका थिए ।

स्थानिय र प्रहरीले विभिन्न लोभलालच देखाउँदा समेत उनी तारबाट ओर्लिएका थिएनन् । प्रहरी र स्थानीय उनलाई फकाउन दिनभर लागि परेका थिए ।

विद्युत प्रशारण लाइनमा विक पुगेपछि विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री ए को उत्पादन ९ घण्टा बन्द हुन पुगेको थियो ।

उनि विजुली प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादन बन्द गरिएको थियो ।

उद्धारका लागी विदुरबाट सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल सहित नेपाल प्रहरी, शषस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, नेपाली सेनाको टोली त्यसतर्फ गएका थिए ।

स्थानिय र प्रहरीको दिनभरको प्रयासमा केहिगरी पनि फकाउन नसकेपछि हेलिकप्टर मार्फत उद्धारको लागी पहल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

विकको उद्धार भए लगत्तै साँझ ७ बजेर ५८ मिनेटमा अवरुद्ध भएको बिजुली चालु भएको छ ।

२८ जेठ २०७९, शनिवार २०:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु