३५ लाख लुट प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको

Nepal Life Insurance Long Ad

काठमाडौं महानगरपालिका–२६ लैनचौर स्थित व्याडमिन्टन कोर्टबाट ३५ लाख लुटेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीको संगित विद्यालयमा कार्यरत सहायक हवल्दार किशोर लुईटेल र दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका सुदन नेपाली उर्फ अशोक छन् ।

२५ वर्षका सुदन नेपालीलाई जिल्ला प्रहरी कार्यालय दाङको सहयोगमा भालुवाङबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।

सिन्धुली घर भएका सहायक हवल्दार लुँइटेलले आत्मसमर्पण गरेका हुन् ।

प्रहरी सहितको समुहले लैनचौरको व्याडमिन्ट कोर्टस्थित खाजा घरमा सस्तोमा सुन किन्न भनेर व्यापारीलाई बोलाएर ३५ लाख लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

जेठ ८ मा भएको सो लुटमा संलग्न रहेको आरोपमा अहिलेसम्म ४ जना पक्राउ परेका छन् ।

आरोपीहरुमाथी डाँकाचोरी सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी मैनालीले जानकारी दिए ।

२८ जेठ २०७९, शनिवार २०:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु