गोपाल हमालको यौन काण्ड, पीडित भन्छिन्– ‘एक महिनासम्म पीडा सहें’ (भिडियोसहित)

Nepal Life Insurance Long Ad

यौन दुर्व्यवहार सहेकी कैलालीकी एक महिलाले आफूले एक महिनासम्म निकै तनाव र पीडा सहेको बताएकी छिन् ।

धनगढी उपमहानगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार गोपाल हमालको घरमा काम गर्ने सरस्वती (नाम परिवर्तन) ले आफूमाथि एक महिनासम्म यौन दुर्व्यवहार भएको बताइन् ।

व्यवसायी समेत रहेका नगर प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले आफू निर्वस्त्र भएर सरस्वतीलाई संवेदनशील अंगसहित शरीरमा तेल लगाउन लगाउने, लुगा फुकाल्न र शारीरिक सम्बन्ध राख्न दबाव दिने गरेको उनले बताइन् ।

सरस्वती एकल महिला हुन् । उनी हमालको घरमा खाना पकाउने तथा सरसफाईको काम गर्थिन् । हमालले उनकै घरमा सरस्वतीलाई दिनहुँ यौन दुव्र्यवहार गरेको उनले बताइन् । कैलालीका केही सञ्चारकर्मीसंगको गोप्य भेटघाटमा उनले भनिन्– म एकल महिला हुँ । मेरो कोही आफन्त छैनन् । काम खोज्ने क्रममा हमालका निकटका जनक भन्ने व्यक्तिले मलाई हमालको घरमा घरायसी काम गर्न भनेर पठाए । उनले मासिक १५ हजार रुपैयाँ तलब दिने भनेका थिए ।

सरस्वतीले थपिन्– राम्रो तलब पाइन्छ भनेर म पनि घरायसी काम गर्न राजी भए । पहिलो दिन ठीकै बित्यो । काम गर्न गएको दोस्रो दिनदेखि भने हमालले यौन दुव्र्यवहार गर्न थाले । यस्तो त मैले मेरो श्रीमान्का लागि पनि गरेकी थिइन । हमाल भुइँमा गलैचा लगाएर नाङ्गै पल्टिन्थे र मलाई आफ्नो जीउमा तेल लगाउन भन्थे । मैले नाइनास्ती गर्दा उनी गाली गर्थे । भुईमा नाङ्गै भएर आफ्नो संवेदनशील अङ्ग आफ्नो हातले छोपेर शरीरमा तेल मालिस गर्न लगाउँथे । तेल पनि काँसको कचौरामा तताउनु पथ्र्यो । तातो तेल हातमा घसेर उनको शरीरमा लगाउनु पथ्र्यो । पिठ्युँदेखि तेल लगाउँदै गर्दा यौनाङ्गमा पनि लगाउन भन्थे । नाइनास्ती गर्दा गाली पाउँथे । म डराईडराई उनको जीउमा तेल लगाइदिन्थे ।

सरस्वतीका अनुसार काँसको कचौराको तातो तेल हमालको शरीरमा लगाउँदा उनका हातका औँलामा फोका उठ्थे । उनले भनिन्– तातो तेलले औंला पोलिन्थे, फोका उठ्थे । फोका फुट्थे र औला कट्कटी दुख्थे । मैले सकीनसकी तेल लगाउनै पथ्र्यो ।

उनका अनुसार हमालको घरमा हरेक दिन नयाँनयाँ अनुहारकी केटीहरु आउँथे । उनकै शब्दमा– केटीहरु आएपछि मलाई बाहिर पठाउँथे । हमाल दिनभरी केटीहरुसँगै कोठाभित्र हुन्थे । मलाई खाना तथा अन्य परिकार पकाउन भन्थे । खाना पकाएर ढोका ढकढक्याउनु पथ्र्यो । भित्रबाट हमाल ढोका खोल्थे र ढोकाको कुनामा खाना राख्नुपथ्र्यो । उनी बेलुकी बाहिर निस्कन्थे ।

उनलाई राती भएपछि डर लाग्थ्यो । आजको रात कसरी सुरक्षित हुने ? भन्ने त्रास हुन्थ्यो । उनले थपिन्– खाना खाएर हमाल कोठामा सुत्न जान्थे । अनि मलाई कोठामा बोलाउँथे । म डराईडराई जान्थे । मलाई समात्न खोज्थे । यौन सम्पर्क गर्न तयार हुन भन्थे । म मान्दिन थे । उनी हरेक राती सुत्नुअघि तेल लगाउन भन्थे । तेल लगाउँदा उनी आफ्नो अण्डरवेयर पनि फुकाल्थे । म लाजले उनीतिर नहेरेर तेल लगाइदिन्थे । उनी मलाई आफ्नो यौनाङ्ग चलाउन र तेल लगाउन दबाव दिन्थे ।

उनलका अनुसार उनले हमालको जुत्ता पालिस गर्नुपथ्र्यो । मोजा ठीक्क पारिदिनु पथ्र्यो । उनको अण्डरवेयर समेत धुनुपथ्र्यो । कट्टु, गन्जी तथा कपडा नसुके आइरन लगाएर सुकाउनु पथ्र्यो । कपडा नसुके गाली खानुपथ्र्यो । उनले रुँदै भनिन्– मैले त्यहाँ कति पीडादायी दिन बिताए, भनेर साध्यै छैन ।

सरस्वतीले हमालको घरमा काम गर्दाको पीडादायी समय स्मरण गरिन् । भनिन्– हमालको घरमा सबैभन्दा बाहिर एउटा गेट छ । कटेजवाला घर बाहिर पनि अर्को गेट छ । त्यो गेटमा सधैं ताला लगाइएको हुन्थ्यो । मैले त्यहाँ एक महिना काम गर्दा गेटबाहिरको संसार देख्न पाइन । बाहिर निस्कनै दिँदैन थे । हमालका अन्य कामदार पनि मलाई डराउँथे । उनीहरु “मालिकले भने काम नगरे नराम्रो हुन्छ” भन्थे ।

२९ वैशाख २०७९, बिहीवार १०:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु