चामुण्डा बिन्द्रासैनी नगरपालिकामा मेयर पदमा गठबन्धनको साझा उम्मेदवार मनिषा कार्की सर्वसम्मत चयन

काठमाडौ ।दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा गठबन्धनका साझा उमेदवार सर्वसम्मत चयन भएका छन् । उक्त नगरपालिकामा नेकपा (एस)का युवा नेत्री मनिषा कार्की नगरपालिका मेयर र नेपाली काँग्रेसका मनिषा रेग्मीलाई उपमेयर पदको उमेदवार सर्वसम्मत घोषणा गरिएको हो ।
वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताका कारण लामो सङ्घर्षबाट प्राप्त राजनीतिक व्यवस्था र संविधानको रक्षा भएकाले देशभर गठबन्धनका साँझा उम्मेदवार बनाउने सहमति गठबन्धनको गरेको भन्दै देशभरी गठबन्धनको साझा उम्मेदवार बनाउने प्रयास भैरहेको छ। स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरु प्रत्यक नगरपालिका, महानगरपालिका तथा उपमहानगरपालिकाको नेतृत्वका लागि आकांक्षा राखेर उम्मेदवारी दिरहेका छन् । उनीहरुले विभिन्न विकासका योजना पनि अघि सारेका छन् ।
चामुण्डा विन्द्रासैनी नगरपालिकाको मेयरका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी ) का आकांक्षी मनिषा कार्कीले पनि आफ्नो चुनावी तयारी गर्दै विकासका योजना एजेन्डा अघि सरेकि छन् ।
हाल नेकपा (एकीकृत समाजवादी) निकट भातृ सगठन अनेरास्ववियू केन्द्रिय सचिव समेत रहेका उनले विगतका निर्वाचनमा उक्त नगरपालिकमा विभिन्न पार्टीले विजयी हासिल गर्दै आएको तर यस क्षेत्रमा परिणाम देखिने गरि कुनै पनि विकास नभएको भन्दै अहिले पनि त्यस स्थानमा आफुले चुनाव जितेर विकासको नयाँ मोडल सहितको विकास गरेर सम्पुर्ण सेवा सुविधायुत्त नगर बनाउने जनमुखी स्थानीय सरकार बनाउने दाबी गरेकी छन् ।
खानेपानी, बिजुली बत्ति, ईन्टरनेट, नेट्वोर्क, पक्की बाटो, वडा वडा सम्म पुर्याउने र स्वास्थ र शिक्षालाई सबैको नगरबासीको पहुँच सम्म पुर्याउने दाबी गरेकी छन् ।
।
१५ वैशाख २०७९, बिहीवार ०९:०० बजे प्रकाशित