भुटानी शरणार्थी नेता रिजाल पक्राउ
वि.सं.२०८० जेठ ४ बिहीवार १८:३४
5.69K
shares
shares

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा रहेको प्रहरीले रिजाललाई पक्राउ गरेको काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
यस अघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् । सोही प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।































