प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान
वि.सं.२०८० जेठ १६ मंगलवार १२:२०
4.21K
shares
shares

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरूद्ध उजुरी आह्वान गरिएको छ। संवैधानिक परिषद्ले केही दिनअघि प्रधानन्यायाधीशमा सिफारिस गरेका उनलाई मंगलवार सिंहदरबारमा बसेको सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो।
कार्कीमाथि लिखित रूपमा पत्रमार्फत वा समितिले सार्वजनिक गर्ने इमेलमार्फत उजुरी दिन सकिने छ । कायममुकायम प्रधानन्यायाधीश कार्कीविरुद्धको उजुरीका लागि १० दिनको समय दिइएको छ। उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने नाम बिना आएका उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।




















