प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर स्वदेश फिर्ता
वि.सं.२०८० जेठ २९ सोमवार १३:३६
shares

काठमाडाैँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सिंगापुरबाट स्वदेश फर्केका छन् । महानिरीक्षक कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा यही जेठ २४ देखि २६ गतेसम्म संचालन भएको ‘१८औं हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी भई आज (आइतबार) स्वदेश फर्केका हुन् ।
प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका थिए ।
प्रहरी महानिरीक्षक कुँवरले उक्त कन्फ्रेन्समा इन्टरपोलका १९५ सदस्य राष्ट्रमध्ये १३३ राष्ट्रका एनसिबी प्रमुखहरूबीच ईन्टरपोलका सदस्य राष्ट्रहरूको नेटवर्कलाई बलियो र प्रभावकारी बनाउने, अन्तरदेशीय अपराध नियन्त्रणका लागि आपसी समन्वय र सहकार्य गर्ने र आतकंवाद जस्ता अपराधहरूको नियन्त्रण लगायतका विषयहरुमा बृहत छलफल भई विभिन्न प्रस्ताव पारित भएको बताए । कन्फ्रेन्स अत्यन्त महत्वपूर्ण र उपलब्धिमूलक भएको उनले उल्लेख गरे ।













